थप ७७ जनामा कोरोना संक्रमण १०६ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।
यीमध्ये २ लाख ७१ हजार ९२१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आइतबारसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ । हाल देशभर ९६९ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा