पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ जना पुगेको छ । यसैगरी हालसम्म २ लाख ७१ हजार८१५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
उता अहिले देशभर ९९८ जना सक्रिय संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै