बेलायत जाने चिकित्सकका लागि ल्याब तयारी कक्षा नेपालमै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बेलायत जाने चिकित्सकका लागि अबदेखि नेपालमै ल्याब तयारी परीक्षा कक्षा सुरु भएको छ । यस अघि बेलायतमा अध्ययन गरी चिकित्सा पेशा गर्न चाहने चिकित्सकहरुले बेलायतमै गई ल्याब तयारी कक्षा लिनुपर्ने बाध्यता थियो ।
पछिल्लो समय न्यून पारिश्रमिक, सुरक्षा प्रत्याभुतीको अभाब र एमडी ,एमएस तालिममा प्रवेश गर्न कठीनाईका कारण नेपालका डाक्टरहरुमा छाएको निराशाका विच बेलायत नेपाली डाक्टरहरु विच एउटा लोकप्रिय गन्तव्य बन्दै गएको छ ।
यसलाई मध्यनजर गर्दै एनक्लेक्स नेपालले नेपालमै पहिलो पटक बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने ल्याब परिक्षाको तयारी कक्षा सुरु गरेको हो । एनक्लेक्स नेपालका प्रमुख सजना केसीले नेपालमै ल्याब कक्षा सुरु हुँदा बेलायतमै गएर उक्त कक्षा लिनुपर्ने बाध्यताको अन्त्य भएको बताइन्।
‘हामीले दोस्रो चरणमा कक्षा सम्पन्न गरिसकेका छौं, केसीले भनिन, अब बेलायतमा गएर शुरुवाती अवस्थाबाट ल्याब कक्षा लिइरहनुपर्ने जरुरी छैन,जुन सेवा नेपालमै उपलब्ध भइसकेको छ ।”
केहि वर्ष अघि सम्म बेलायत जान चाहने डाक्टरहरुको प्रमुख चिन्ता एमडी, एमएस ट्रेनिङ्ग गर्न मौका नपाइने पो हो कि भन्ने थियो । तर अक्टोबर २०१९ मा बेलायतले डाक्टरहरुलाई पेशागत खाँचोको सुचीमा समावेश गरेसँगै विदेशी र बेलायतमै प्रशिक्षित डाक्टरहरु विच विशेषज्ञ तालिमको अवसर समान हुने सुनिस्चित भएको छ । यस कारण गएका २ वर्षमा विशेषज्ञ ट्रेनिङ्गमा प्रवेश पाउने विदेशी डाक्टरहरुसँगै नेपाली डाक्टरहरुको सङ्ख्यामा वृद्धि भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित