देशभर थपिए ९४ जना कोरोना संक्रमित, ५५ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज ९४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । यीमध्ये २ लाख ७१ हजार ५५० जना संक्रमणमुक्त भएका छन्।आज काठमाडौं उपत्यकामा मात्रै ५३ जना नयाँ संक्रमित थपिएका छन्।
यसैगरी हाल देशभर ३ हजार १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । उता कोरोनाको आशंकामा अहिले पनि ४९ जना क्वारेन्टाइनमा रहेका छन् भने देशभर ९५४ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड