कोरोना संक्रमण कम भएको हो जोखिम घटेको छैन् : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमण कम भए पनि जोखिम भने नघटेको जनाएका छन्। प्रवक्ता डा गौतमले मंगलबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले सावधानी अपनाउन आग्रह गरेका हुन्।
उनले पछिल्लो समय खोप लगाउने क्रममा पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा त्यसो गरेको नपाइएको भन्दै यस्तो बताएका हुन्। कोरोना संक्रमण कम हुँदै गएपछि सर्वसाधारणले मास्क समोत लगाउन छोडेको बताए । उनले अन्य मुलुकहरुमा कोरोनाको दोस्रो वेभ आएकाले नेपालमा पनि त्यस्तो नहोला भन्न नसकिने भन्दै बेलैमा सचेत भएर मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सेनिटाइजरको प्रयोग नियमित गर्न आग्रह गरेका हुन्।
नेपालमा संक्रमणदर कम हुँदै गएपछि सर्वसाधारणले भिडभाड गर्न थालेका छन् भने व्यापार व्यवसाय, विद्यालय, कलेज सबै खुलिसकेका छन्। नेपालमा हालसम्म कोरोना संक्रमण भएर ३ हजार १४ जनाले ज्यान गुमाइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण