पछिल्लो २४ घण्टामा देशभर थपिए ११४ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । यीमध्ये २ लाख ७१ हजार ४९५ जना कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।
हाल देशभर ३ हजार १४ जनाले कोरोना संक्रमण भएर ज्यान गुमाइसकेका छन् भने .अहिले पनि ५१ जना क्वारेन्टाइनमा रहेका छन्। सक्रिय संक्रमितको संख्या भने ९१५ रहेको मन्त्रालयले जनाएको छ ।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न