राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्धको खोप लगाएकी छिन्। राष्ट्रपति भण्डारी सोमबार दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाएकी हुन्।
खोप लगाइसकेपछि राष्ट्रपति भण्डारीले कोरोनाको संक्रमणबाट बच्न सबैले खोप अभियानमा सहभागी भएर सहयोग गर्नुपर्ने बताइन्। उनले सबैलाई निर्धक्क भएर खोप लगाउन समेत आग्रह गरिन्।
नेपालमा दोस्रो प्राथमिकतामा परेका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन थालिएको हो । प्रधनमन्त्री केपी शर्मा ओलीले पहिलो दिन खोप लगाएर अभियान शुरु गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा