त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकमा गरियो कलेजो प्रत्यारोपण
बाबुले दिए छोरालाई कलेजो
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण गरिएको छ ।
नेपालमै पहिलोपटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो । काभ्रेका ११ महिने बालकलाई उनका ३५ वर्षीय बाबुले कलेजो दिएका हुन्।
अस्पतालका प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको टोलीले उक्त प्रत्योपण गरेको हो । डा भण्डारीले नेपालमै पहिलोपटक बालबालिकामा कलेजो प्रत्यारोपण गर्न सफल भएको भन्दै यसमाा सहयोग पुर्याउने सबैलाई धन्यवाद समेत दिएका छन्।
यो प्रत्यारोपणमा पनि अघिल्ला प्रत्यारोपणमा जस्तै भारतको फोर्टिस अस्पतालका डा विवेक लगायतको टोलीले सहयोग गरेको डा भण्डारीले जनाएका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड