२४ घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण, ४८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गर्दा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ । यीमध्ये २ लाख ७१ हजार १७७ जना संक्रमणमुक्त भएका छन्।
आज मात्र ६१ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमण भएर ज्यान गुमाएका छन्। अहिले देशभरमा ९२९ जना सक्रिय संक्रमित रहेका छन्।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न