थप ९७ जनामा कोरोना संक्रमण, ६६ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ । यीमध्ये २ लाख ७१ हजार ११६ जना संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १२ रहेको छ ।
देशभर सक्रिय संक्रमित ९४२ जना रहेका छन्। अर्कोतिर माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान पनि शुरु भएको छ । हाल खोप अभियान दोस्रो प्राथमिकतामा पर्ने ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दिइँदैछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण