२४ घण्टामा थपिए १०४ कोरोना संक्रमित, ६३ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा आज १०४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०४ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा ३ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । यीमध्ये ९८ दशमलब ६ प्रतिशत संक्रमित निको भइसकेका छन्।
हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ । अहिले देशभर ९११ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा