कोरोना खोप लगाएको ४८ घण्टासम्म पाइलटले जहाज उडाउन नपाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना खोप लगाएको ४८ घण्टापछि मात्र पाइलटले जहाज उडाउन पाउने भएका छन्।
त्यहाँको विमान नियामक नागरिक उड्ययन महानिर्देशनालयले मंगलबार एक गाइडलाइन्स जारी गर्दै यस्तो बताएको हो । उक्त गाइडलाइन्स अनुसार कोरोना विरुद्धको खोप लगाएको ४८ घण्टासम्म कुनै साइड इफेक्ट नदेखिएमा मात्र पाइलटले जहाज उडाउन पाउनेछन्। यो नियम विमानका अन्य कर्मचारीलाई पनि लागू हुने जनाइएको छ ।
महानिर्देशनालयले कोरोना खोप लगाएपछि यसको साइड इफेक्ट देखिनसक्ने भन्दै यस्तो नियम जारी गरेको जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा