नारी दिवसमा क्यान्सर सर्भाइभर महिलालाई सम्मान
हेल्थ टिभी अनलाइन\ काठमाडौं : अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्यान्सर सर्भाइभरलाई सम्मान गरिएको छ । नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा साेमबार क्यान्सर लागेर हाल यसलाई जितेर सामान्य जीवनयापन गरिरहेका सर्भाइभरलाई सम्मान गरिएको हो ।
क्यान्सर सहयोग समूहकी संयाेजक एवं सदस्य स्वरुपा श्रेष्ठले उनीहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेकी हुन्। यसैगरी क्यान्सर सहयोग समूहले कोरोना महामारीका बेला क्यान्सर सर्भाइभरलाई मानसिक तनाव नहोस भनेर विभिन्न रचनात्मक प्रतिष्पर्धा गराएको थियो । जसमा कविता वाचन, टिकटक लगायतका प्रतिभा देखाउनु पर्ने कार्यक्रम राखिएको थियो । सो प्रतिष्पर्धामा प्रथम, द्धितिय र तृतीय आउनेलाई पुरस्कार समेत प्रदान गरिएको श्रेष्ठले जनाइन्।
आयोजक श्रेष्ठले सर्भाइभरका लागि नारी दिवसमा केही कार्यक्रम गरौं र उनीहरुको हौसलाको सम्मान गरौं भनेर सम्मान गर्ने कार्यक्रम राखिएको बताइन्। उनले यस्ता कार्यक्रमले सर्भाइभरमा सकारात्मक उर्जा आउनेमा आफूले विश्वास लिएको समेत जिकीर गरिन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड