पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिए, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ८९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९ जना संक्रमित थपिएका हुन्।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । यसैगरी हालसम्म २ लाख ७० हजार ९२७ जना संक्रमणमुक्त भइसकेका छन्। उता पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएका संक्रमितसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ११ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या भने ८७२ मात्र रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा