कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान : एकैदिन १ लाख ६५ हजार जेष्ठ नागरिकले लगाए खोप
हेल्थ टिभी अनालाइन \काठमाडौं : नेपालमा हिजोदेखि शुरु भएको दोस्रो चरणको खोप अभियानमा एकैदिन १ लाख ६५ हजार बढी जेष्ठ नागरिकले खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयका अनुसार आइतबार पहिलो दिन १ लाख ६५ हजार ४२८ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्। योसँगै कोरोना विरुद्धको पहिलो मात्र खोप लगाउनेको संख्या आइतबारसम्म नेपालमा ६ लाख ४ हजार २६७ जना पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।
सरकारले दोस्रो अभियानमा दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । यो अभियान २० दिन चल्ने समेत उनले जानकारी दिए । पहिलो १० दिन ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई र पछिल्लो १० दिन ५५ वर्ष माथिका नागरिकलाई खोप दिइनेछ ।
नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप दिन शुरु गरिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा