पछिल्लो २४ घण्टामा देशभर ६६ संक्रमित थपिए, ५८ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज ६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा देशभर ४ हजार १११ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसैगरी गत २४ घण्टामा ५८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । कोरोना संक्रमणबाट आज मृत्यु शून्य रहेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।
देशभर हाल ८२५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड