कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीलाई उक्त खोप आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको हो । आज कोभ्याक्स अन्तर्गत आएको खोप पनि अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । जुन नेपालमा माघ १४ देखि लगाउन शुरु गरिएको छ ।
कोभ्याक्स अन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी ६० लाख खोप आउने भएको भए पनि अहिले पहिलो चरणमा ३ लाख ४८ हजार मात्र आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड