कोभ्याक्सको प्राथमिकतामा नेपाल, भोली ३ लाख ४८ हजार डोज खोप आउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोना खोप भोली आउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले कोभ्याक्स अन्तर्गतको नि:शुल्क पाउने खोप भोली ३ लाख ४८ हजार डोज आउन लागेको बताएका हुन्। युनिसेफ र विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको स्वास्थ्य पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले नेपाल कोभ्याक्सको प्राथमिकताको सूचीमा परेकाले छिट्टै खोप पाउन सकिएको बताए।
कोभ्याक्स अन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप आउने भए पनि पहिलो चरणमा भने ३ लाख ४८ हजार डोज आउन लागेको हो ।
कार्यक्रममा मन्त्री त्रिपाठीले भोली बिहान ११ :१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोप आइपुग्ने जनाए । यो खोपले पनि आफूहरुलाई जेष्ठ नागरिकलाई खोप दिनका लागि सहयोग गर्ने समेत जिकीर गरे । उनले दक्षिण एसियामा कोभ्याक्स अन्तर्गतको खोप प्राप्त गर्ने नेपाल तेस्रो राष्ट्र भएको समेत जनाए । यसअघि बर्मा र श्रीलंकाले कोभ्याक्सको नि:शुल्क खोप पाएका छन्।
सरकारले भोलीदेखि दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । जसमा ५५ वर्षमाथि उमेर समूहका नागरिकलाई ६ हजार भन्दा बढी खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिइँदैछ । नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु भएको हो ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड