‘विश्वका १२० देशले अझै खोप अभियान सुरु गर्न सकेका छैनन्’
हेल्थ टिभी अनलाइन काठमाडाैं : विश्वभर फैलिएको कोरोना भाइरस विरुद्धको खोप अभियान विश्वका अझै १२० वटा देशले शुरु नै गर्न नसकेको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना फैलिएका १२० वटा देशहरुले अझै खोप अभियान शुरु गर्न नसकेको भन्दै नेपालले सोचे भन्दा छिट्टै खोप प्राप्त गरेको जनाए । उनले हालसम्म २४ करोड मानिसले कोरोना विरुद्धको खोप लगाएको र त्यसमध्ये १ करोड ६० लाख दक्षिण एसियाका रहेको समेत बताए । कयौं विकसित देशले कोरोना खोप नपाइरहेको अवस्थामा हामीकहाँ दोस्रो चरणको खोप अभियान शुरु हुनु निकै खुशीको कुरा भएको उनले जिकीर गरे । वर्ल्डोमिटरका अनुसार हालसम्म २१९ देशमा कोरोना भाइरस फैलिएको छ ।
हालसम्म ८१ वटा कोरोना विरुद्धको खोप विकास भएको र त्यसमध्ये १२ वटाले प्रयोगका लागि अनुमति पाएका छन्। नेपालमा भने दुई वटा कम्पनीका खोपलाई मात्र अनुमति दिएको डा गौतमले जनाए ।
नेपालमा माघ १४ देखि पहिलो चरणको खोप अभियान शुरु भएको हो । पहिलो चरणमा ४ लाख २९ हजार ७०५ जनाले कोरोना विरुद्धको खोप लिएका थिए । यसैगरी यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु हुँदैछ । यसमा ६५ वर्ष माथिका उमेर सहूहलाई १० दिन र अर्को १० दिन ५५ वर्ष माथिकालाई खोप दिइनेछ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड