पछिल्लो २४ घण्टामा देशभर १२० संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज १२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार पछिल्लो २४ घण्टामा १२० जना संक्रमित थपिएका हुन्। गत २४ घण्टामा ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज थपिएकासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ । यसैगरी यी मध्ये २ लाख ७० हजार ७६६ जना संक्रमणमुक्त भइसकेका छन्। उता हालसम्म ३ हजार १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिले पनि कोरोनाको आशंकामा ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ८३२ मात्र रहेको छ ।
आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु, ४९६ जनामा संक्रमण पुष्टि
तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव
बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु
कोरोना कहर : महाराष्ट्रमा सिकिस्त संक्रमितलाई समेत आइसीयू पाउन मुश्किल
पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेहरुमा युवायुवती बढी