पछिल्लो २४ घण्टामा देशभर १२० संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज १२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार पछिल्लो २४ घण्टामा १२० जना संक्रमित थपिएका हुन्। गत २४ घण्टामा ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज थपिएकासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ । यसैगरी यी मध्ये २ लाख ७० हजार ७६६ जना संक्रमणमुक्त भइसकेका छन्। उता हालसम्म ३ हजार १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिले पनि कोरोनाको आशंकामा ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ८३२ मात्र रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा