मन्त्री, सांसदहरुले खोप लगाउने आज अन्तिम दिन, आइतबारदेखि ६५ वर्ष माथिकालाई खोप लगाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : मन्त्री, सांसद तथा संसदका कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउने आज अन्तिम दिन हो ।
बुधबारदेखि शुरु भएको खोप अभियान आज सकिने लागेको हो । सरकारले माघ १४ गतेदेखि प्राथमिकताका आधारमा समूह चयन गरेर विभिन्न चरणको खोप अभियान सञ्चालन गरिरहेको छ । यही क्रममा मन्त्री तथा सांसदहरुका लागि सिभिल अस्पतालमा खोप केन्द्र बनाई तीन दिन समय छुट्टाइएको थियो । सो क्रममा सभामुखदेखि पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदहरुले खोप लगाएका छन्।
अब अर्को चरणमा यही फागुन २३ गतेखि सरकारले समूदाय स्तरमा ६५ वर्ष माथिका नागरिकलाई खोप दिने गरी खोप केन्द्रहरुको व्यवस्थापन गरेको छ । पहिलो १० दिन ६५ वर्ष माथिका र अर्को १० दिन ५५ वर्षदेखि ६४ वर्षका नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।
आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु, ४९६ जनामा संक्रमण पुष्टि
तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव
बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु
कोरोना कहर : महाराष्ट्रमा सिकिस्त संक्रमितलाई समेत आइसीयू पाउन मुश्किल
पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेहरुमा युवायुवती बढी