Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यूएनएफपिएद्धारा सरकारलाई पीपीई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

यूएनएफपिएद्धारा सरकारलाई पीपीई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

हेल्थ टिभी अनलाइन \काठमाडौं : संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएद्धारा सरकारलाई पीपीई सेट, मास्क तथा प्रजनन स्वास्थ्य किट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालय मार्फत लगभग ३ करोड रुपैयाँको उक्त सामग्री हस्तान्तरण गरिएको हो । यसरी सहयोग गरिएको सामग्रीमा ६ हजार ४८ सेट पीपीई, ५० हजार ग्लोब्स, ५० हजार सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री रहेका छन्।

यस सहयोगले यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसासम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्न केही मात्रामा भए पनि सरकारको प्रयासलाई सहयोग पुराउनेछ  भन्ने यूएनएफपिएले विश्वास लिएको जनाएको छ । प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त सामग्री प्राप्त गरिसकेपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले कोभिड- १९ महामारीमा महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै यो संकटका बेला विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको जनाए ।

नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको काम प्रशंसनीय भएको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि