यूएनएफपिएद्धारा सरकारलाई पीपीई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएद्धारा सरकारलाई पीपीई सेट, मास्क तथा प्रजनन स्वास्थ्य किट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालय मार्फत लगभग ३ करोड रुपैयाँको उक्त सामग्री हस्तान्तरण गरिएको हो । यसरी सहयोग गरिएको सामग्रीमा ६ हजार ४८ सेट पीपीई, ५० हजार ग्लोब्स, ५० हजार सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री रहेका छन्।
यस सहयोगले यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसासम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्न केही मात्रामा भए पनि सरकारको प्रयासलाई सहयोग पुराउनेछ भन्ने यूएनएफपिएले विश्वास लिएको जनाएको छ । प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त सामग्री प्राप्त गरिसकेपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले कोभिड- १९ महामारीमा महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै यो संकटका बेला विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको जनाए ।
नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको काम प्रशंसनीय भएको बताइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा