नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अद्यावधिक गर्ने क्रममा आज मात्रै २३३ जनाको नाम थपिएसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको हो । पछिल्लो २४ घण्टामा १ जनाको मात्र मृत्यु भएको हो भने बाँकी २३३ जनाको भने विभिन्न अस्पतालबाट प्राप्त तथ्यांक अद्यावधिक गर्ने क्रममा थपिएका हुन्।
आज देशभर ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी गत २४ घण्टामा ६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७६६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड