फागुन २३ देखि शुरु हुने खोप अभियान २० दिन चल्ने, पहिलो १० दिन ६५ वर्ष माथिका नागरिकलाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेका ५५ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । तर खोप अभियान दुई चरणमा गरी २० दिन सञ्चालन हुने र पहिलो चरणमा ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो १० दिन ६५ वर्ष माथिकालाई लगाएपछि मात्र अर्को १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने मन्त्रालयले जनाएको हो ।
सरकारले माघ १४ गतेदेखि नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरु गरेको हो । आज कोरोना विरुद्धको खोप लगाउँदै स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले सेप्टेम्बर महिनासम्म जोखिम समूहमा रहेका सबै नागरकले खोप पाउने जनाएका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड