Health TV Online
Health TV Online

मन्त्री, सांसदहरुले लगाए कोरोना विरुद्धको खोप (फोटोफिचर)

मन्त्री, सांसदहरुले लगाए कोरोना विरुद्धको खोप (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : मन्त्री तथा सांसदहरुले आज कोरोना विरुद्धको खोप लगाएका छन्। उनीहरुले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा रहेको खोप केन्द्रमा गएर खोप लगाएका हुन्।

सरकारले आजदेखि शुक्रबारसम्म तीन दिनका लागि मन्त्री, सांसद, संसदका सम्पूर्ण कर्मचारीलाई खोप दिने तालिका तय गरेको हो । आज बिहान १० बजेदेखि शुरु भएको खोप अभियान प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले खोप लगाएर शुरु गरेका थिए । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतले बिहानै खोप केन्द्रमा पुगेर खोप लगाएका छन्।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार