Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री त्रिपाठीले लगाए कोरोना विरुद्धको खोप, सबैलाई खोप लगाउन आग्रह

स्वास्थ्यमन्त्री त्रिपाठीले लगाए कोरोना विरुद्धको खोप, सबैलाई खोप लगाउन आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

मन्त्री त्रिपाठीले आज मीनभवनको निजामती कर्मचारी अस्पताल पुगेर कोरोना खोप लगाएका हुन्। आजबाट मन्त्री, सांसद र संसदका कर्मचारीलाई खोप लगाउन शुरु गरिएको हो । सोही कार्यक्रम अन्तर्गत मन्त्री त्रिपाठीले खोप लगाएका हुन्। खोप लगाइसकेपछि हेल्थ टिभी अनलाइसँग छोटो कुराकानी गर्दै उनले कोरोना विरुद्धको खोप लगाइसकेपछि आफू मनोवैज्ञानिक रुपमा बलियो र सुरक्षित भएको जस्तो अनुभव गरेको बताए ।

उनले कोरोना खोप सुरक्षित रहेकाले सबैलाई यो लगाउन समेत आग्रह गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि