आजदेखि सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आजदेखि सासंदहरुलाई कोरोना विरुद्धको खोप दिन शुरु गरिने भएको छ ।
काठमाडौंको मीनभवनमा रहेको निजामती अस्पतालमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम जारी रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। संसद सचिवालयका सम्पूर्ण कर्मचारीलाई पनि खोप दिइनेछ ।यो अभियान तीन दिन चल्नेछ ।
नेपालमा माघ १४ देखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो । सरकारले यही फागुन २३ गतेदेखि समूदायस्तरमा ५५ वर्ष माथिका सबै नागरिकलाई खोप अभियान शुरु गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा