Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ४१२७ जनाको पीसीआर गर्दा ७८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ४१२७ जनाको पीसीआर गर्दा ७८ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज जम्मा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ सय २७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ७८ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । यीमध्ये हालसम्म ९८ दशमलब ६ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टामा देशभर कोरोना संक्रमितको मृत्यु शुन्य रहेको छ । हालसम्म २ हजार ७७७ जनाको भने कोरोनाबाट मृत्यु भइसकेको छ । हाल देशभर जम्मा ९७४ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार