पछिल्लो २४ घण्टामा ४१२७ जनाको पीसीआर गर्दा ७८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज जम्मा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ सय २७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ७८ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । यीमध्ये हालसम्म ९८ दशमलब ६ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा देशभर कोरोना संक्रमितको मृत्यु शुन्य रहेको छ । हालसम्म २ हजार ७७७ जनाको भने कोरोनाबाट मृत्यु भइसकेको छ । हाल देशभर जम्मा ९७४ जना सक्रिय संक्रमित रहेका छन्।
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक