प्रधानमन्त्री ओलीद्धारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापा बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन्।
उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गरेका हुन्। यसका साथै उनले अस्पतालका विभिन्न विभागहरु अवलोकन गरेका थिए । बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईको लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शैय्या रहेका छन् । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालसँगै रहेको छ ।
त्यसो त क्यान्सर अस्पतालले एक वर्षदेखि सेवा दिन शुरु गरिसकेको छ । आज प्रधानमन्त्री ओलीले विधिवत रुपमा उद्घाटन गरेका हुन्। एक वर्षको अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिइसकेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा