चीनले नेपाललाई थप ३ लाख डोज कोरोना खोप दिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
चीन सरकारले यसअघि ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । योसँगै अब नेपाललाई चीनले ८ लाख सिनोफार्म खोप उपलब्ध गराउने भएका हो ।
सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?