कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा डा मंगल रावल
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा युवा चिकित्सक डा मंगल रावललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा रावललाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन्। यसअघिका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको कार्यकाल आइतबारदेखि सकिएको थियो । रिक्त रहेको पदमा मन्त्री त्रिपाठीले आजै डा रावललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
अर्थोपेडिक सर्जन डा रावल प्रतिष्ठानको अस्पताल निर्देशक हुन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?