कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
उनको स्वास्थ्यमा समस्या आएपछि हिजो राती शुरुमा वीर अस्पताल लगिएको थियो। स्वास्थ्यको जटिलतालाई हेर्दैै आज बिहान नै उनलाई थापाथलीस्थित नर्भिक ईन्टरनेशनल अस्पताल पुर्याएर उपचार शुरु गरिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार मष्तिष्कघातका कारण टाउकोमा रगत जमेको र त्यसका लागि शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्यलाई लिएर कांग्रेसका नेताहरूले सामाजिक संजालमा स्वास्थ्य लाभको कामना गर्दै लेखेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा