भारतमा कोरोनाको दोस्रो लहर, एउटै विद्यालयका १९० विद्यार्थीमा संक्रमण
हेल्थ टिभी अनलाइन : भारतको महाराष्ट्रमा कोरोनाको दोस्रो लहर कहर बनेर आएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रको वासिम जिल्लाको रिसोड तहसिलको देवांग विद्यालयका १९० विद्यार्थीमा एकैपटक कोरोना संक्रमण पाइएको हो ।
एकैपटक धेरै विद्यार्थीमा कोरोना पोजटिभ पाइएपछि विद्यालय केही समयका लागि बन्द गरिएको छ भने उक्त विद्यालयका सबै विद्यार्थीको नमुना संकलन गरि परीक्षणका लागि पठाइएको जनाइएको छ । ती विद्यार्थी अमरावती जिल्लाको विभिन्न गाउँका रहेको बताइएको छ । उनीहरु होस्टेलमा बस्ने गरेका थिए ।
महाराष्ट्रमा कोरोनाको दोस्रो लहर शुरु हुन थालेपछि खुलिसकेको विद्यालय, कलेजहरु पुन: बन्द गर्न थालिएको छ भने कतिपय स्थानमा स्थानीय रुपमा लकडाउन र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्न थालिएको छ । उता दिल्लीमा पनि संक्रमण पुन: बढिरहेको पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण