नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६७ पुग्यो, सक्रिय संक्रमित ८८२
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याउने क्रममा आज थप ८३ जनाको नाम थपिएसँगै मृत्यु हुनेको संख्या बढेर २ हजार ७६७ पुगेको हो ।
यसैगरी गत २४ घण्टामा देशभर ११२ जना कोरोनाका संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । आज थपिएकासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएर ८८२ मा झरेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल ६३ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा