त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोरोना जोखिम भत्ता माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगजका आवासीय चिकित्सकहरुले जोखिम भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनीहरुले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्। कोरोना महामारी विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेका आवासीय चिकित्सकले पनि कोरोना जोखिम भत्ता पाउनेपर्ने भन्दै उनीहरुले यस्तो माग गरेका हुन्।
आज जारी गरिएको विज्ञप्तिमा आवासीय चिकित्सकहरु पनि अन्य सरह जोखिम मोलेर संक्रमितको उपचारमा खटिएकाले नियम अनुसार जोखम भत्ता पाउनुपर्ने उल्लेख छ । महामारी शुरु भएको एक वर्ष बितिसक्दा पनि यस विषयमा सम्बोधन नहुनु दुखद भएको भन्दै उनीहरुले अब पनि यसका बारेमा सम्बोधन नगरे आन्दोलनमा उत्रिने जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा