दिल्लीमा मास्क नलगाउनेलाई कारवाही
हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा मास्क नलगाएर हिंड्नेलाई कारवाही गर्ने जनाइएको छ । कोरोना संक्रमण फेरी बढ्न थालेपछि स्थानीय सरकारले उक्त नियम अघि सारेको हो।
पछिल्लो समय दिल्ली लगायत भारतका अन्य शहरमा कोरोना संक्रमण फेरी तिब्र रुपमा देखिन थालेको छ यही जोखिमलार्य मध्यनजर गर्दै सरकारले बाहिर निस्कदा मास्क अनिवार्य लगाउनुपर्ने र दूरी कायम गर्नुपर्ने नियम अघि सारको बताइएको छ ।
भारतमा केही समयअघि कोरोना संक्रमितको संख्या केही घट्न थालेपछि सबै व्यापार व्यसाय स्कूल , कलेज सबै खुलेका थिए । अहिले संक्रमण बढेपछि सरकारको टाउको दुखाई भएको छ । हालसम्म भारतमा १ करोड १० लाख ३० हजार १७६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ५६ हजार बढीको मृतयु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा