नेपालमा ४ लाख २९ हजार ७०५ जनाले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य सेवा विभागले कोभिड १९ खोप अभियानको पहिलो प्राथमिकताको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले पहिलो प्राथमिकतामा परेकाहरु मध्ये फागुण १० गतेसम्म ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएको बताए । यो संख्यालाई कुल जनसंख्याको प्रतिशतमा हेर्दा १ दशमलब ४ प्रतिशत हुन आउने पनि उनले जिकीर गरे । यो संख्या सरकाले खोप लगाउन लिएको लक्ष्यको ८५ दशमलब ६५ प्रतिशत रहेको समेत उनले जानकारी दिए ।
नेपालमा भारत सरकारले अनुदानमा दिएको कोरोना खोप माघ १४ देखि लगाउन शुरु गरिएको थियो। पहिलो चरणमा कोरोना विरुद्धको लडाइँमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई खोप दिइएको थियो भने दोस्रो चरणमा पत्रकार तथा कुटनितीक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । माघ १४ देखि २४ गतेसम्म ११ दिन चलेको खोप अभियानमा १ लाख ८५ हजार ८६५ जनाले खोप लिएका थिए । यसैगरी माघ २६ देखि ३० गतेसम्म काठमाडौंमा लगाइएको खोप अभियानमा ३ हजार ४८० जनाले खोप लिएका थिए ।
यसैगरी फागुण २देखि १० सम्म देशैभर चलाइएको खोप अभियानमा २ लाख ४० हजार ३६० जनाले खोप लिएको पाइएको छ । अब भने सरकारले यही फागुण २३ गतेदेखि दोस्रो चरणको खोप अभियान समूदाय स्तरमा लैजाने जनाएको छ । यो अभियानमा ६० वर्ष माथिका समूहले खोप लिन पाउनेछन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा