कोरोना संक्रमितको उपचारमा ‘प्लाज्मा थेरापी’ र ‘रेम्डेसिभिर’ को प्रयोग प्रभावकारी : अध्ययन

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी परेकाहरुमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको प्रयोग नेपालमा सुरक्षित र प्रभावकारी रहेको अध्ययनले देखाएको छ ।
मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गम्भीर संक्रमितमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी भएको जनाएको हो । रेम्डेसिभिर र प्लाज्मा थेरापी प्रभावकारी अध्ययन गर्नको लागि परिषदले ३० अस्पतालबाट १३ सय १५ कोरोना संक्रमित लिएको जनाएको छ ।
परिषद्ले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मध्यम संक्रमण भएकाहरुलाई रेम्डेसिभिरबाट उपचार गर्दा ९८ दशमलब ४ प्रतिशत निको भएको उल्लेख छ । रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गर्दा निको हुने संक्रमितको दर ५४ प्रतिशत थियो। यसैगरी प्लाज्मा मात्र पाएका संक्रमितको निको हुने दर ३९ प्रतिशत मात्र पाइएको थियो ।
अध्ययनले ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकुल असर परेको देखाएको छ।
आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु, ४९६ जनामा संक्रमण पुष्टि
तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव
बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु
कोरोना कहर : महाराष्ट्रमा सिकिस्त संक्रमितलाई समेत आइसीयू पाउन मुश्किल
पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेहरुमा युवायुवती बढी