कोरोना संक्रमितको उपचारमा ‘प्लाज्मा थेरापी’ र ‘रेम्डेसिभिर’ को प्रयोग प्रभावकारी : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी परेकाहरुमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको प्रयोग नेपालमा सुरक्षित र प्रभावकारी रहेको अध्ययनले देखाएको छ ।
मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गम्भीर संक्रमितमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी भएको जनाएको हो । रेम्डेसिभिर र प्लाज्मा थेरापी प्रभावकारी अध्ययन गर्नको लागि परिषदले ३० अस्पतालबाट १३ सय १५ कोरोना संक्रमित लिएको जनाएको छ ।
परिषद्ले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मध्यम संक्रमण भएकाहरुलाई रेम्डेसिभिरबाट उपचार गर्दा ९८ दशमलब ४ प्रतिशत निको भएको उल्लेख छ । रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गर्दा निको हुने संक्रमितको दर ५४ प्रतिशत थियो। यसैगरी प्लाज्मा मात्र पाएका संक्रमितको निको हुने दर ३९ प्रतिशत मात्र पाइएको थियो ।
अध्ययनले ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकुल असर परेको देखाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा