Health TV Online
Health TV Online

स्वास्थ्यका लागि विपन्न नेपालको वृहत स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यका लागि विपन्न नेपालको वृहत स्वास्थ्य शिविर सम्पन्न

हेल्थ टिभी अनलाइन : विपन्नका लागि स्वास्थ्य नेपालले वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । विपन्न नेपालले आयोजना गरेको स्वास्थ्य शिविरमा ३८५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ती मध्ये ६२ जना बालबालिका १४६ जना पुरुष र १७७ जना महिला रहेका छन् । निर्मल बाल विकास विद्यालय भिमसेनगोलामा भएको स्वास्थ्य शिविरमा कानको समस्या,पाठेघरको समस्या, मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचार गरिएको थियो ।

स्वास्थ्यका लागि विपन्न नेपालका मेडिकल संयोजक तथा बालरोग विशेषज्ञ डा दिनेश कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको पनि उपचार गरिएको जानकारी दिए । उनले ती बालबालिकाहरुमा अधिकांशलाई डाउन सिन्ड्रोम देखिएको भन्दै अपाङ्गता भएका बालबालिकाहरुका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । डा कोइरालाले बालबालिकाहरुमा डाउन सेन्ड्रोम सहित कतिपयलाई मुटुको समस्या रहेको जानकारी दिए ।

उक्त शिविरमा महिला स्वास्थ्य, बालबालिका,नाक,कान,घाँटी,अर्थोपेडिक,मुटु लगायतका समस्या भएका मानिसहरुले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्यका लागि विपन्न नेपालका अध्यक्ष रत्न थापाले उक्त शिविरबाट २१३ जनाको इसिजी,१०३ जनाको इको गरिएको जानकारी दिए । स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरलाई नेपाल प्रहरी अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा छ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने,१८ जनालाई हाडजोर्नीको समस्या देखिएको थियो । उक्त स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई, प्रसूति रोग विशेषज्ञ डा रोजिना मानन्धर,डा प्रकाश खनाल,डा निरज कुमार सिंह,डा श्याम पुजारीले विशेषज्ञ सेवा दिएका थिए । यसैगरी डा। सरोज कार्की ,विशाल गुरुङ,गणेश गिरी,डा कृपेश लामिछाने,डा दिपशिखा शाह,ममत भट्टराई,डा गृष्मा उप्रेती र अर्जुन बाँनियाले स्वास्थ्य सेवा दिएका थिए भने नर्सिङ तर्फबाट शिविरको नेतृत्व कोपिला श्रेष्ठ पालिखेले गरेकी थिइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन