Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९० जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९० जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । संक्रमित थपिने क्रम घट्दै गएपछि सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको छ । हाल जम्मा १५ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार