१० लाख डोज ‘कोरोना खोप’ काठमाडौं आइपुग्यो
उक्त खोप फागुन २३ देखि ६० वर्षमाथिका नागरिकलाई दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोना खाेप काठमाडौं आइपुगेको छ।
केहीवेर अघि मात्र एयर इन्डियाको विमान मार्फत खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकाले फेब्रुअरी १७ तारिखमा भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप ४ डलरका दरले खरिद गर्ने सहमति अनुसार नै पहिलो खेपमा १० लाख डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी १० लाख डोज खोप छिटै आउने पनि मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
आज ल्याएको खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिने र आवश्यकता अनुसार प्रदेशमा पठाइनेछ । सरकारले नेपालमा माघ १४ गतेदेखि पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान शुरु गरेको थियो । उक्त खोप भारतले नेपाललाई अनुदानको रुपमा प्रदान गरेको थियो भने यसपटक खरिद गरेर ल्याइएको हो ।
सरकारले उक्त खाेप फागुण २३ देखि ६० वर्ष माथिका समूहलाई लगाउने जनाएको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड