सरकारले भारतबाट खरिद गर्न लागेको २० लाखमध्ये १० लाख डोज कोरोना खोप आज आउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले भारतसँग खरिद गर्न लागेको २० लाख डोज कोरोना खोप मध्ये पहिलो चरणमा १० लाख डोज आज आउने भएको छ ।
सरकारले सिरम इन्स्टिच्युट अफ इन्डिया बाट उत्पादित कोभिसिल्ड खोप १० लाख डोज आजै १: ३० बजे एअर इन्डिया मार्फत आइपुग्ने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सरकारले यही फेब्रेअरी १७ तारिखमा गरेको सम्झौता अनुसार २० लाख डोज कोरोना खोप खरिद गर्ने प्रक्रिया अनुसार आज पहिला खेप आउन लागेको हो ।
उक्त खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित कोल्डरुममा लगेर भण्डारण गरिने पनि जनाइएको छ । सरकारले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु हुनेछ । जसमा ६० वर्ष माथिका सबै नागरिकलाई खोप दिने सरकारको लक्ष्य रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण