स्टार अस्पतालले कोरोना महामारीका बेला उत्कृष्ट काम गर्यो : स्वास्थ्यमन्त्री त्रिपाठी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सानेपास्थित स्टार अस्पतालले कोरोना महामारीका बेला उत्कृट काम गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले अस्पतालको खुलेर प्रशंसा गरेका छन्। शुक्रबार अस्पतालमा एनआईसीयू सेवाको उद्घाटन गर्न पुगेका मन्त्री त्रिपाठीले कोरोना महामारीका बेला धेरै नीजि अस्पताल डराएर बिरामी भर्ना लिन नमानेको बेला स्टार अस्पतालले सरकारसँग हातेमालो गर्दे बिना हिच्किचाहट संक्रमितको उपचार गरेको भन्दै उक्त योगदानका लागि धन्यवाद मात्र दिएनन् खुलेरै प्रशंसा गरे । उनले सरकारले स्टार अस्पतालले लगाएको यो गुन सम्झिरहन लायक भएको समेत जिकीर गरे ।
उनले भने, ‘स्टार अस्पतालले देशलाई अप्ठेरो परेका बेला साँच्चिकै सामाजिक उत्तरदायित्व वहन गर्दै कोरोना संक्रमितलाई भर्ना गरेर उपचार गरेकोमा म स्वास्थ्य मन्त्रालय र व्यक्तिगत तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु र यो योगदानको कदर गर्दछु ।’
उनले कार्यक्रममा यसैगरी स्टार अस्पतालले आफनो सेवा एकपछि अर्को गर्दै बिस्तार गर्दै गएकोमा खुशी व्यक्त गर्दै यो थप सेवाले नवजात शिशुको स्वास्थ्य सुधार गर्नमा ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष किशोर महर्जनले स्टार अस्पतालले विभिन्न विशिष्टकृत सेवा र विभाग विस्तार गर्दै लैजाने क्रममा एनआईसीयूको अत्यन्त खाँचो देखेर यो सेवा तुरुन्त शुरु गरेको बताए । उनले देशमा एनआईसीयू सेवा प्रयाप्त मात्रामा नभएकै कारण धेरै नवजात शिशुको मृत्यु हुने गरेको तथ्यांक रहेको भन्दै यो सेवा अझ अन्य अस्पतालमा विस्तार गर्नका लागि सरकारले पनि केही पहल र सहयोग गर्नुपर्नेमा जोड दिए । यसका साथै उनले अस्पतालले हालसालै मात्र देशमै नाम चलेका विशेषज्ञहरुको टिमसहित अस्पतालमा ‘जीआइ सेन्टर’ समेत स्थापना गरेर सेवा दिन शुरु गरेको जनाए । यसका साथै अस्पतालले अर्थो विभाग, न्यूरो, छाला, यूरोलोजी विशेषज्ञ सेवा समेत दिंदै आइरहेको र यसलाई अझै अत्याधुनिक प्रविधिसहित विस्तार गर्दै लाने समेत कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले अस्पतालले छोटो समयमा नै धेरै विशिष्टकृत विभागहरु बनाइ सेवा दिइरहेको र अझै सेवा बिस्तार गर्दै लाने लक्ष्यका साथ अस्पताल अघि बढेको बताएका थिए । स्टार अस्पताललाई उत्कृष्ट सेन्टर बनाउनका लागि सम्पूर्ण टिम लागिरहेको समेत उनले जिकीर गरे ।
उता उद्घाटन कार्यक्रममा आएका मन्त्री त्रिपाठीले अस्पतालको एनआईसीयू वार्डको अवलोकन समेत गरेका थिए ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै