चिकित्सकले सल्लाह नै नगरी ओपीडी शुल्क बढाएको भन्दै स्वास्थ्य मन्त्रालयको आपत्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सकहरुले आफूखुशी शुल्क बढाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्लयेश त्रिपाठीले मन्त्रालयसँग परामर्श नै नगरी अफिन र नेपाल चिकित्सक संघले आफै ओपीडी शुल्क बढाएको भन्दै यसमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले भने, ‘हामीसँग कुनै सल्लाह नै नगरी शुल्क बढाइएको हो । यसमा हाम्रो सहमती छैन र अहिलेलाई पुरानै शुल्क कायम गरिएको समेत जानकारी गराउन चाहन्छु ।’
उनले छलफलका क्रममा रहेको शुल्क समायोजनका विषयमा चिकित्सकहरुले बुझीदिनुपर्ने समेत जनाए । उनले कोरोना महामारीले व्यापार व्यवसाय चौपट भएका बेला यसरी शुल्क बढाउन नहुने समेत जिकीर गरे । चिकित्सक संघ र अफिनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गत बुधबारदेखि लागू हुने गरी ओपीडी शुल्क बढाएको जनाएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा