थप ९६ जनामा कोरोना संक्रमण, १११ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । यीमध्ये २ लाख ६९ हजार ५०५ जना कोरोना संक्रमित निको भइसकेका छन्।
यसैगरी आज देशभर थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ । हाल देशभरमा १६ सय ३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् भने ७१ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६७ पुग्यो, सक्रिय संक्रमित ८८२
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोरोना जोखिम भत्ता माग
शरीरको प्रतिरक्षा बढाउन चाहनुहुन्छ ? नियमित खानुस् यी खानेकुरा
दिल्लीमा मास्क नलगाउनेलाई कारवाही
नेपालमा ४ लाख २९ हजार ७०५ जनाले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप