थप ९६ जनामा कोरोना संक्रमण, १११ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । यीमध्ये २ लाख ६९ हजार ५०५ जना कोरोना संक्रमित निको भइसकेका छन्।
यसैगरी आज देशभर थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ । हाल देशभरमा १६ सय ३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् भने ७१ जना क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा