२० लाख डोज कोरोना खोप अबको दुई सातामै आउँछ : स्वास्थ्यमन्त्री त्रिपाठी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको थप खोप दुई साताभित्र आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले बताएका छन्।
बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भारतबाट खरिद गर्न लागिएको कोरोना विरुद्धको कोभिसिल्ड खोप अबको २ सातामा नै आउने र फागुण २३ गतेदेखि लगाउन शुरु गरिने बताएका हुन्।
मन्त्री त्रिपाठीले भने, ‘हामीले खरिद प्रक्रिया अघि बढाएर अग्रिम भुक्तानी समेत गरिसकेकाले खोप बढीमा दुई सातामै आइपुग्ने र त्यसका लागि आवश्यक पूर्व तयारी भइरहेको छ ।’
भारत सरकारले यसअघि १० लाख डोज कोरोना खोप अनुदानमा दिएको थियो । सोही खोप अहिले पहिलो प्राथमिकतामा परेको समूहलाई लगाउने क्रम जारी छ । यसैगरी यसपटक दोस्रो चरणको खोप अभियानका लागि सरकारले भारतकै सिरम इन्स्टिच्युटसँग कोभिसिल्ड खोप २० लाख डोज ४ डलरका दरले खरिद गर्न लागेको हो । सो खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्ष माथिकालाई दिइने मन्त्री त्रिपाठीले जानकारी दिए ।
यो अभियान जुन महिनासम्म सक्ने लक्ष्य सरकारले लिएको समेत जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा