नेपालमा आकस्मिक प्रयोगका लागि चिनियाँ खोपले पनि पायो अनुमति
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नेपालमा चिनियाँ कम्पनी ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेड’ ले उत्पादन गरेको कोरोना विरुद्धको ‘सार्स कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।
बुधबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि सो खोपलाई नेपालमा अनुमति दिएको हो । यो अनुमति पाएसँगै नेपालमा अब यो खोप पनि भित्रिने सम्भावना बढेको छ । त्यसो त यसअघि नै चीन सरकारले नेपाललाई ५ लाख डोज कोरोना विरुद्धको खोप दिने प्रतिवद्धता गरिसकेको छ । तर खोपले नेपालमा प्रयोगको अनुमति नपाएकाले सो खोप आउन सकेको थिएन। योसँगै नेपालमा दुईवटा कोरोना विरुद्धका खोपले आकस्मिक प्रयोगका लागि अनुमति पाएका छन्।
नेपालमा यसअघि अक्सफोर्ड एस्ट्राजेनले विकास गरेको र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको थियो । उक्त खोप नेपालमा अहिले साढे २ लाख बढीले लगाइसकेका छन्। भारत सरकारले सोही खोप नेपाललाई १० लाख डोज अनुदानमा दिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा