फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही फागुण २३ गतेदेखि ६० वर्ष भन्दा माथिका उमेर समूह भएका नागरिकलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब आफूहरुले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेर २३ गतेदेखि खोप दिन लागेको बताए । उनले आज मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले ६० वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको जनाए ।
सरकारले यसअघि माघ १४ देखि कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक लगायतलाई कोरोना खोप दिन शुरु गरेको हो । हाल सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि, पत्रकार लगायतले खोप लिइरहेका छन्। अबको अभियानमा भने ६० वर्ष माथिको समूह प्राथमिकतमा पर्न गएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा