काठमाडौंको रविभवनमा खुल्यो अत्याधुनिक आँखा उपचार केन्द्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको रविभवनमा अत्याधुनिक आँखा उपचार केन्द्र खुलेको छ । मंगलबार हास्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त उपचार केन्द्रको उद्घाटन गरेका छन्।
‘आइ सी यु आइ केयर सेन्टर’ नाम रहेको उक्त केन्द्रमा आँखा उपचारसम्बन्धी सम्पूर्ण सेवा रहने केन्द्रकी अध्यक्ष एवं बाल आँखारोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले बताइन्। उनले नेपालमा आँखाको समस्या धेरै भए पनि उपचार केन्द्रहरु अझै पनि कम भएको भन्दै आफूले एउटै थलोमा सबै खालका आँखाका समस्या निदान र गुणस्तरीय उपचार गर्न सकियोस भनेर यो केन्द्र स्थापना गरेको जनाइन्।
उनले भनिन, ‘हाम्रो उद्धेस्य यहाँ आइसकेपछि कुनै पनि सेवा लिन बाहिर जान नपरोस भन्ने हो । त्यही अनुसार विभिन्न विशिष्टकृत विभागहरु छुट्याएका छौं ।’
आजबाट सेवा शुरु गरेको सेन्टरमा अबको २ महिनासम्म शल्यक्रिया लगायत सबै प्रकारका आँखा सेवामा १० प्रतिशत छुट पाइनेछ । यसका साथै गरिव र विपन्नका लागि पनि आफूहरुले कोटा छुट्याएको अध्यक्ष श्रेष्ठले जिकीर गरिन्।





ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै