पछिल्लो २४ घण्टामा १२२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२२ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४४ जना संक्रमित निको समेत भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १५ सय ८१ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने अहिलेसम्म २ हजार ५५ जनाको संक्रमण भएर मृत्यु भएको छ । सरकारले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा